शनिबार थप १२६८ जनामा कोरोना संक्रमण, ९ जनाको मुत्यु « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

शनिबार थप १२६८ जनामा कोरोना संक्रमण, ९ जनाको मुत्यु



काठमाडौं । शनिबार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ५३ पीसीआर परीक्षणमा १ हजार २४ जना र ३ हजार १दसयद२२ एन्टिजेन परीक्षणमा २ सय ४४ जना गरी १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १९५ जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २५ हजार ६ सय ५१ जना पुगेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ ।

त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यो संगै कोारेना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ८ सय १८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्