सोमबार सुनको भाउ घट्यो, चाँदी स्थीर

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थीर बनेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ४ सय र तेजावि सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुन ६ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।