पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात



काठमाडौं । डिशहोमले पोखरामा डिशहोम फाईबर नेटको औपचारिक सुरुवात गरेको छ ।  आज भाद्र २३ गते नयाबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालि मा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले समुद्घाटन सम्पन्न गरेका छन ।कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालि का अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाईबर नेट को औचित्य बारे प्रस्ट पारेका  छन । उनले डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती शुरु गरेको बताए ।


सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आज बाट जडान हुनेछ भने १० mbps देखि ग्राहकको रोजाइ अनुसार १०० mbps सम्मको प्याकेज उपलब्ध रहेको छ । 


 सहरी एरिया मा सुरु गरेको डिशहोम फाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरिया का ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुबेदी ले जानकारी गराउनुभयो। डिशहोम फाईबर नेट संगै अन्य सेवा  पनि छिट्टै सुरु हुने कुरा जानकारी गराएका छन ।


यश सगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनुनपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रालीले डिस होम , डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक  तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा  गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार  जमाएको छ ।


प्रतिक्रिया दिनुहोस्