मुक्तिनाथ विकास बैंकद्वारा मुद्दती निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याज, साथै मासिक ब्याज भुक्तानी « Arthapath.com
६ असार २०८३, शनिबार

मुक्तिनाथ विकास बैंकद्वारा मुद्दती निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याज, साथै मासिक ब्याज भुक्तानी



काठमाडौं । मुक्तिनाथ विकास बैंकले असोज १ गते देखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ । बंैकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ ।

साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर प्रकाशित गरेका छ ।

३ महिना अवधीको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हाल सम्म प्रकाशित गरेको ब्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्