शेयरधनीलाई नगद लाभांश लिन कुमारी बैंकद्वारा अनुरोध « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयरधनीलाई नगद लाभांश लिन कुमारी बैंकद्वारा अनुरोध



काठमाडौँ । कुमारी बैङ्कले शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । बैङ्कले प्राप्ति गरेको (साबिकको वेष्टन डेभपमेण्ट बैंक, नमस्ते वित्तीय संस्था र पश्चिमाञ्चल फाइनान्स) का शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको हो ।

कम्पनीले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष अवधि समाप्त भएपछि पनि शेयरधनीले बुझिलिन नआएकाले कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन  कार्यविधि २०७३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा पठाउन लागिएकाले यो सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र उक्त लाभांश लिन अनुरोध गरेको एक विज्ञप्ति जारी गदै जानकारी दिएको छ ।

नगद लाभांश लिन वाकी रहेका सेयर धनीहरूले बैङ्कको शेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड नाग पोखरी, काठमाडौँबाट लाभांश लिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्