कुमारी बैंकको डेबिट क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट « Arthapath.com
११ आश्विन २०७८, सोमबार

कुमारी बैंकको डेबिट क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष छुट



काठमाडौं । कुमारी बैंकले चाडपर्वको अवसरमा बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई बिशेष छुट दिने भएको छ । नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा यहि असोज १० गते देखी असोज १८ गते सम्म सामानहरुको खरिदमा अग्रीम छुट प्राप्त गर्नेछन् ।

सो सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २ हजार रुपैयाँ सम्मको र क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत अथवा २ हजार ५ सय रुपैयाँसम्मको छुट पाउनेछन् ।

कुमारी बैंकले आफ्ना देशभर रहेका १ रसय ९६ शाखा सञ्जाल, १ सय ७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।


प्रतिक्रिया दिनुहोस्