प्रभु बैङ्कको ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलाममा, क-कसले पाउँछन् आवेदन दिन ?

काठमाडौँ । प्रभु बैङ्कले संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैङ्कले ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो । बैङ्कले असोज १७ गतेदेखि २५ गतेसम्म संस्थापक शेयर लिलाम गर्ने छ ।संस्थापक शेयरको मूल्य प्रति कित्ता २०५ रुपैयाँ कायम गरिएको छ । इच्छुक आवेदकले तोकिएको मूल्य वा सो भन्दा बढी रकम कबुल गरी बोलपत्र पेस गर्न सक्ने छन् ।
न्यूनतम १ हजार कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । हाल कायम संस्थापक शेयर धनी वा जो कोही व्यक्ति, कम्पनी , सङ्घ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।
बैङ्कको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लिलामीको शेयरको बोलपत्र कार्तिक १ गते खोलिने क्यापिटलले जानकारी दिएको छ ।