हिमाली भेगको निख्खर स्वाद बोकेको उत्कृष्ट मदिरा सारङ्गी अब नेपाली बजारमा « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

हिमाली भेगको निख्खर स्वाद बोकेको उत्कृष्ट मदिरा सारङ्गी अब नेपाली बजारमा



काठमाडौं । नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको एउटा अलग्गै तर उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारङ्गी आजदेखि बजारमा उपलब्ध भएको छ । नेपालीहरुको महान चाड बडा दशैंको पूर्व सन्ध्यामा नेपाली उपभोक्ताहरुका लागि यो भन्दा विशिष्ट उपहार अरु के नै हुन सक्छ र ?

सारङ्गी, एक त्यस्तो स्वादको मदिरा हो जुन हिमाली भेगको सुमधुरताबाट प्रेरित भएको छ र यसमा हिमालकै सूर, स्वाद र जोश समेटिएको छ । यो प्रिमयम ब्लेण्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभि अल्कोहलको मात्रा विद्यमान छ । परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारङ्गी मदिराको स्वाद उच्चकोटीको छ । हिमालको काखबाट झरेका निर्मल, कंचन जलका साथमा आयातित उत्कृष्ट गुणस्तरको माल्टसँग सर्वोकृष्ट अन्नहरु मिश्रण गरेर अनुभवी एवं दक्ष मास्टर ब्लेण्डर्सले यो मदिरा उत्पादन गरेका छन् ।

बजारमा बिक्री शुभारम्भका अवसरमा आफ्नो मन्तव्य राख्दै नेचुरल स्पिरिट्स नेपालका श्री परमानन्द पान्डे, प्रमुख कार्यकारी अधिकृत ले भन्नु भयो “सारङ्गी नेपालको मौलिक एवं आफ्नै पहिचान हो । यही पहिचानलाई थप नयाँ उचाईमा पु¥याउने लक्ष्यका साथ हामीले स्वदेशमा स्वदेशकै प्रचलित विधि र परम्परालाई आधार मान्दै यो नयाँ मदिरा उत्पादन गरेका छौं । यो यही उत्पादन समुहका मदिराहरु मध्ये सबैभन्दा उत्कृष्ट र उच्च किसिमको मदिरा भएको मदिराका शौखिनहरुले महसुस गर्नु हुनेमा हामी विश्वस्त छौं । यो मदिरा नै हो, यसैले उपभोक्ता वर्गलाई म हदभन्दा बाहिर नगई यसको आनन्द लिन हुन समेत आग्रह गर्दछु ।

हरेक चुस्किमा घनीभूत स्वादको अनुभूति दिलाउने सारङ्गीले मानिसहरु बीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन, गहन वार्तालापद्वारा सही निर्णयमा पुग्न र हर भेटपछि खुशीको प्रत्याभूति प्रदान गर्न मद्दत गर्नेछ । नेपाली बजारमा सारङ्गी ७५०, ३७५ र १८० मिलि प्याकमा उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस्