२४ भदौ २०८३, बुधबार

सिर्जनात्मकता र शत्रु नाशका लागि देवी कूष्माण्डाको आरधना



प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनाः ।।

आज नवरात्रीको चौंथो दिन । अर्थात् माता कूष्माण्डाको पूजा आरधना गर्ने दिन । चारैतिर अन्धकारै अन्धकार भएको र सृष्टिको प्रादुर्भाव नै नभएका बेला माताले मन्द मुस्कानद्वारा असंख्य अण्ड अर्थात् अण्डाकार ब्रह्माण्डको रचना गरेका कारण देवीको यस स्वरुपलाई कुष्माण्डा भनिएको हो ।

यही सृटिकर्ताको अस्तित्त्वका कारण कूष्माण्डालाई आदी स्वरुपा वा आदीशक्ति पनि भनिन्छ । यिनको बासस्थान सूर्य लोक रहेको बताइन्छ । सूर्य समान कान्ती भएक िदेवीको यस रुपको आरधना गर्नाले दीर्घायु, आरोग्य, बल र यशको बृद्धि हुने विश्वास छ ।

कूष्माण्डा देवीको स्वरुप पुराणमा वर्णन गरिए बमोजिम सूर्यका समान तेज र आठ हात छन् । माताका सात हातमा कमण्डलू, धनुष, बाण, कमलको फूल, अमृतपूर्ण कलश, चक्र र गदा छन् । आठौं हातमा भने अष्ट सिद्धि र नवनिधीको वरदान दिनेवाला जपमाला छ । माता बलवान् सिंहमा आरुढ रहेको देखिन्छ ।

देवीको यस स्वरुपको आरधना गर्दा साधकले अनाकह चक्र (छातिभित्रको नाडी चक्र)मा ध्यान केन्द्रित गर्ने छन् । माताको आरधनाले समस्त रोग र शोकको अन्त्य हुने बताइएको छ । लौकिक र पारलौकिक उन्नति चाहनेका लागि माता कूष्माण्डाको आरधना निकै फलदायी रहने छ ।

माता शैलपुत्रीले चन्द्रमा, ब्रह्मचारिणीले मंगल र चन्द्रभण्टाले शुक्र ग्रहलाई नियन्त्रण गरेजस्तै माता कूष्माण्डाले सूर्य ग्रहलाई नियन्त्रण गर्छिन् । यसले पनि मानिसको सौर्य, पराक्रम र आत्मसम्मान तथा शत्रु नाशका लागि देवीको यो स्वरुपको अस्तित्त्व दर्शाउँछ ।

श्लोक

सुरासंपूर्णकलशं रुधिराप्लुतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।

मन्त्र

या देवी सर्वभूतेषु माँ कूष्माण्डा रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
सुरासम्पूर्णकलशं रुधिरास्मृतमेव च ।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु में ।।

या

ॐ ऐं गर्ज गर्ज क्षणं मूढ मधु यावत् पिबाम्यहम् ।
मया त्वयि हतेऽत्रैव गर्जिष्यन्त्याशु देवताः ऐं ॐ ।।

या

ॐ ऐं ततो हाहाकृतं ततो हाहाकृतं सर्वं दैत्यसैन्यं ननाश तत् ।
प्रहर्षं च परं जग्मुः सकला देवतागणाः ऐं ॐ।।

सरल मन्त्र

ॐ कूष्माण्डायै नमः

शत्रु विनाशक मन्त्रः

ॐ ऐं क्षणेन तन्महासैन्यमसुराणां तथाऽम्बिका ।
निन्ये क्षयं यथा वह्निस्तृणदारु महाचयम् ऐं ॐ ।।
ॐ ऐं से नमः सर्वाप्रशमनं त्रैलोक्यस्या खिलेश्वरी ।
एवमेव त्वया कार्यस्मद् वैरिविनाशनम् नमो सें ऐं ॐ ।।
ॐ ऐं विद्यासु शास्त्रेषु विवेकदीपेष्वाद्येषु वाक्येषु च का त्वदन्या ।
ममत्वगर्तेऽतिमहान्धकारे, विभ्रामयत्येतदतीव विश्वम् ऐं ॐ ।।