निफ्राले अव बोनश शेयर दिने, १ अर्ब ६८ करोड रुपैयाँको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को लाभांश संशोधन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको लाभांश संशोधन गरेको हो । बैंकले यसअघि नगद लाभांश वितरण गर्ने भनेता पनि उक्त लाभांश संशोधन गरी बोनश शेयर वितरण गर्ने भएको हो ।
बैंकले यसअघि शेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार हाल कायम चुक्ता पूँजी २० अर्ब रुपैयाँको १ अर्ब ६० करोड रुपैयाँ बोनश शेयर र उक्त शेयरमा लाग्ने कर वापत ८ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ गरी कूल १ अर्ब ६८ करोड ४२ लाख १० हजार ५२७ रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।
