सोमबार सुनको भाउ घट्यो « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

सोमबार सुनको भाउ घट्यो



काठमाडौँ । आज सोमबार सुनको भाउ घटेको छ । आज सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर छापावालासुन प्रतितोला ९० हजार ६ सय र तेजाबी सुन ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाला सुन तोलाको ९० हजार ७०० रुपैयाँ, तेजाबी ९० हजार २५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्