सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार « Arthapath.com
४ कार्तिक २०७८, बिहीबार

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा विस्तार



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सर्लाहीको बयलवासमा नयाँ शाखा विस्तार भएको छ । बैंकले प्रदेश नं २ सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी बुधबारबाट कारोबार शुभारम्भ गरेको छ ।

बयलवास शाखाको विस्तारसंगै बैंकको शाखा कार्यालयहरुको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्