शुक्रबार थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

शुक्रबार थप ७०८ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्यम मन्त्रालयका अनुसार ७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ ।

गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा. ९३२ जना निको भएका छन् । आज निको भएकासंगै कोरोना संक्रमण निको हुनेको संख्या ७ लाख ८५ हजार ८१३ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७१, झापामा ५९, रुपन्देहीमा ४१, मोरङमा ३४, ललितपुरमा ३३, कास्कीमा २३, चितवनमा २२, भक्तपुरमा १८, नुवाकोटमा १३ जना पछिल्लो २४ घण्टामा कोारेना संक्रमित थपिएका हुन ।


प्रतिक्रिया दिनुहोस्