५५७ जनामा कोरोना संक्रमण, ८७७ निको भए « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

५५७ जनामा कोरोना संक्रमण, ८७७ निको भए



काठमाडौं । आइतबार ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय २५ जनामा परिक्षण गर्दा थप छ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वितेको २४ घण्टामा थप ८ सय ७७ निको भएका छन । भने ३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । यो संगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ र कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५ सय ७ जना पुगेको छ ।। हाल देशभर १० हजार २ सय १ जना संक्रिय संक्रमित रहेका छन ।

संक्रिय संक्रमित मध्ये काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा ५ सय ५६ र ललितपुरमा ५ सय ५४ जना रहेका छन् । आइतबार थपिएका संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख ९ हजार ५६ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्