सांग्रिला बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा मा साताव्यापी कार्यक्रम गदै « Arthapath.com
८ कार्तिक २०७८, सोमबार

सांग्रिला बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा मा साताव्यापी कार्यक्रम गदै



काठमाडौं । सांग्रिला बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । बैंकले यहि कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

देशभर रहेका बैंकका शाखाहरुले २०७८ कात्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने । ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच तथा ९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम आयोजना गर्ने छ भने १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर तथा ११ गते नयाँ शाखा कार्यालय उद्घाटन गर्ने छ भने १२ विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु गर्ने र १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्