हकप्रद जारी गर्ने प्रस्ताव पारीत गर्न मुक्तिनाथ क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । मुक्तिनाथ क्यापिटलले विशेष साधारण सभा डाकेको छ । गत शुक्रबार बसेको संचालक समितिको बैठकले कात्तिक २३ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
साधारण सभाले कम्पनिको हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पारीत गर्ने छ । भने कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने जस्ता निर्णय गर्ने छ ।
साधारण सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने जनाएको छ ।