सोमबार कोरोना संक्रमणबाट १३ जनाको ज्यान गयो

काठमाडौं । आज सोमबार १३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १३ जनाको ज्यान गएको छ । यो संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ जना पुगेको छ ।
गत २४ घण्टामा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ सय १ जना निको भएका छन । हाल देशभर १० हजार ३ सय ६० जना संक्रिय संक्रमित रहेका छन ।हालसम्म कोरोना संक्रमण हुनेको संख्या ८ लाख ९ हजार ७ सय २९ र संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८८ हजार पुगेको छ ।
संक्रिय संक्रमितमध्ये काठमाडौमा १ हजार ३ सय १७ भक्तपुरमा ५ सय ४५ र ललितपुरमा ५ सय ३७ जना रहेका छन ।