महिन्द्राले ल्यायो इलेक्ट्रिक अटो रिक्सा नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री ह्वीलर अटो नेपाली बजारमा ल्याएको छ । कम्पनिले आज एक कार्यक्रमका विच नेपालका लागि ट्रियो इलेक्ट्रिक अटो रिक्सा सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै महिन्द्रा मोबिलिटीका सीईओ सुमन मिश्रले नेपाल दुत गतिमा विकास भइरहेको अर्थतन्त्र भएकोले वातावरणमैत्री सवारीकाे अावश्यकता रहेकाे बााइन् । वातावरणमैत्री दीर्घकालीन दिगोपनको एजेन्डा अपनाउनको लागि इलेक्ट्रिक अटो उपयुक्त हुने बताइन् ।
महिन्द्रा ट्रियो अटो रिक्साको बजार मूल्य ८ लाख ४० हजार रुपैयाँ पर्दछ । उच्च पावर अाकर्षक लुक्समा उपलब्ध साे रिक्साले राम्राे बजार पाउने कम्पनिकाे दावी छ । एकपटक पुरा चार्ज गरेपछि साे अटाे १२० किलाेमिटर गुड्न सक्ने कम्पनिका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले बताए । उनले महिन्द्राले अन्य विद्युतिय सवारी नेपालमा भित्र्याउन लागेकाे बताए ।
यस्ता छन् विशेषताः
पेट्रोल थ्री ह्वीलरको तुलनामा बढी बचत गर्ने ।
इनधनको बढ्दो भाउबाट अलग्गै रहने, वार्षिक २ लाख बचत(पेट्रोल थ्री ह्वीलर)को तुलनामा ।
पेट्रोल अटोसँग तुलना गर्दा प्रति किमि रु. ०.८ भन्दा कमको सञ्चालन लागत ।
दैनिक इन्धन/उर्जामा खर्च हुने रकम रु. १०० भन्दा कम, फूल चार्ज ८ युनिट, प्रति युनिट रु. १२ र १२० किमि गुड्ने ।