सुनको मूल्य बढ्यो, प्रतितोला कति

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ४ सय र तेजावि सुन ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदी बुधबारकै मुल्य १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।