चेरीको टिग्गो फोर–प्रो नेपाली बजारमा, कति पर्छ मुल्य ?

काठमाडौं । चेरीले नेपाली बजारमा एसयूभी ‘टिग्गो फोर–प्रो’ ल्याएको छ ।शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोर–प्रो’ ल्याएको हो । आज एक कार्यक्रमका विच ‘टिग्गो फोर–प्रो’ सार्वजनिक भएको हो ।
कम्फर्टेबल बिग स्पेस, कम्फर्टेबल ड्राइभिङ एक्सपेरियन्स र कम्फर्टेबल क्वालिटी इन्भाइरोमेन्टका लागि यो एसयूभी परिचित रहेको गाडी तीन भेरीएन्टमा बजारमा उपलब्ध हुने सारदा ग्रुपले जानकारी दिएको छ ।

टिग्गो फोर–प्रो म्यानुअल ट्रान्समिसनको मूल्य ४६ लाख २० हजार, सीभीटी ट्रान्समिसनको मूल्य ५२ लाख ५० हजार र १.५ टर्बो सीभीटी ट्रान्समिसनको मूल्य ५८ लाख ४० हजार रुपैयाँ पर्ने छ ।
चेरी चीनको लोकप्रिय ब्रान्ड हो । चेरी अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बढी गाडी निर्यात गर्ने चाइनिज कम्पनीका रूपमा परिचित छ ।
