१ अर्ब ६६ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

१ अर्ब ६६ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज १ अर्ब ६६ करोडको ऋणपत्र विक्री गर्न लागेको हो ।

बैंकले आज ९१ दिन अवधिको १० करोड बराबरको र ३६४ दिन अवधिको एक अर्ब ५६ करोडको गरी जम्मा एक अर्ब ६६ करोडको ट्रेजरी बिल विक्री गर्ने लागेको एक सुचना जारी गदै जानकारी दिएको छ ।९१ दिन अवधीको ट्रेजरी बिल आगामी माघ १८ गते ३६४ दिने ट्रेजरी बिल २०७९ कात्तिक १५ गते परिपक्व हुने बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

उक्त क्रणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलवार ट्रेजरी बिल जारी गर्ने छ ।

बैंकले यसअघि कात्तिक ८ गते पाँच अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्