जौको बोटमा मासु फल्न थालेपछि……. « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

जौको बोटमा मासु फल्न थालेपछि…….



काठमाडौं । उत्तरी ध्रुवको नजिकै नर्वेजियन सागरको एउटा फुच्चे टापु राष्ट्र आइसल्यान्डमा वैज्ञानिकहरू वनस्पतिबाट मासु उत्पादन गर्न एक लाखभन्दा बढी वंशाणु परिवर्तन गरिएको जौ हुर्काइरहेका छन् । यो नयाँ प्रयोगले प्रयोगशालामा उत्पादन गरिने मासुका लागि पशुपंक्षीमा भर नपरे पनि हुने अवस्था आउन सक्छ ।

अध्ययनकर्ताहरूले यसबाट हरितगृह ग्यास कम उत्सर्जन भई पर्यावरणलाई स्वच्छ राख्न योगदान गर्ने दाबी गरेका छन् । ग्रीनहाउस ग्यास, पशु कल्याण र अत्यधिक माछा मार्ने विषयमा मासु उद्योगहरु चुकेको भन्द्र बेलाबखत विश्वब्यापी रुपमै विरोध हुने गरको छ ।

तर आइसल्याण्डमा एउटा कम्पनीले पशुबध र माछा मार्ने अहिलेको बाध्यताबाट मुक्ति पाउन एउटा नयाँ युक्ति निकालेको छ । प्रयोगशालामा पशुपंक्षी बिना नै जौबाट मासु बनाउने यस्तो विधीले अहिले धेरैको ध्यान तानेको छ । यस्तो नयाँ प्रक्रियाबाट जौको बोटमै मासु फलाइन्छ ।

पशुपंक्षीको शरीरमा भएको विशेष प्रोटीन बोक्नसक्ने एउटा कोषलाई जौमा स्थापित गरेर विशेष परिवर्तन गरिन्छ, जसलाई ‘ग्रोथ फ्याक्टर’ भनिन्छ । त्यसरी अनुवांशिक परिवर्तनपछि फलेको जौ संकलन गरी मीलमा पिसिन्छ । प्रयोगशालामा मासु बनाउन पिसिएको जौलाई पुनः प्रशोधन गरिन्छ ।

आइसल्याण्डमा हिउँले ढाकिएको ओराफ जेनेटिक्सको प्रयोगशाला, जहाँ जौबाट मासु उत्पादन गर्ने प्रयास भइरहेको छ ।

यसरी प्रयोगशालामा मासु उत्पादन गर्दा पशुपालनका लागिभन्दा कम ठाउँ र ऊर्जाले पर्यापत हुने वैज्ञानिकहरुले बताएका छन् । यसो गर्दा हानिकारक फोहोर निस्कने संभावना पनि कम हुन्छ । मानिसले मासुका लागि चारा (पशु आहार) उत्पादन गर्न धेरै खेतियोग्य जमीन चाहिन्छ ।

तर जौबाट मासु बनाउँदा यस्तो जरुरत नुहुने ओराफ जेनेटिक्सकी एक जना वैज्ञानिक एर्ना रुनास्डोर्ट्टिरले बताएकी छिन् । बरु पशुबध गर्नु पर्ने बाध्यता पनि हट्ने उनी बताउँछिन् । यसरी मासु उत्पादन गर्न पशुबाट केवल एक प्रकारको कोषमात्र लिए पुग्ने वैत्रानिकहरुले बताएका छन् । जौमा हालिने ‘ग्रोथ फ्याक्टर’ पशुपंक्षीबाट लिइएको हो ।

ठूलो मात्रामा मासु उत्पादन गर्न जौ सजिलो र सस्तो पनि हुन्छ । पशुपंक्षीजस्तै जौ पनि विभिन्न भौगोलिक र जलवायु परिस्थितिमा मौलाउन र फल्न सक्छ । यही कारण संसारभर नै जौबाट मासु बनाउन सकिने वैज्ञानिकहरुको ठहर छ । पश्चिमा देशहरुमा गाईको मासुमा जौ मिसाएर खाने चलन पहिलेदेखि नै थियो । बीबीसीबाट ।


प्रतिक्रिया दिनुहोस्