बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट « Arthapath.com
२ श्रावण २०८३, शनिबार

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र एपोलो पोलि क्लिनिक विच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौता अनुसार बैंकका डेविट क्रेडिट कार्ड बाहाक ग्राहकहरुले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २०%, डाईग्नोष्टिक सेवाहरुमा १५% देखि २०% सम्म तथा फार्मेसी सेवामा १०% छुट पाउनेछन् ।

एपोलो पोलि क्लिनिकले काण्ठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्