थप ३१७ जनामा कोरोना संक्रमण, २७९ निको भए « Arthapath.com
२ श्रावण २०८३, शनिबार

थप ३१७ जनामा कोरोना संक्रमण, २७९ निको भए



काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा थप ३ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वितेको २५ घण्टामा २ सय ७९ जना निको भएका छन भने ६ जनाको ज्यान गएको छ । यो संगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ६६ जनाको मुत्यु भएको छ ।

आज थप भएकासंगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६० जना पुगेको छ भने ७ लाख ९७ हजार ५९ जना निको भएका छन । हाल देशभर ७ हजार ५ सय ३५ जना संक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्