श्री राज देवीले ल्यायो भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा « Arthapath.com
२ श्रावण २०८३, शनिबार

श्री राज देवीले ल्यायो भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा



काठमाडौं । श्री राज देवी इन्टरनेशनलले भोलाभेला नामक नँया किटाणुनाशक उत्पादन नेपाली बजारमा ल्याएको छ । श्री राज देवी इन्टरनेशनल प्रा लिले नेपाली बजारमा भोलाभेला नामक नँया किटाणुनाशक उत्पादनको बिक्रि वितरण सुरु गरेको हो ।

“रसियास्थित जेएससी कन्सर्न मानीटद्वारा उत्पादित भोलाभेल कोरोना सार्स, हेपाटाइटिस ए. बी. सी. इ. र एचआइभी जस्ता विभिन्न खतरनाक किटाणुहरु विरुद्ध अत्यन्त प्रभावकारी रहेको वैज्ञानिक रुपमा पुष्टि भइसके छ ।

विशेष भौतिक रसायनिक गुणहरु भएको यस उत्पादनले यस्ता किटाणुहरुबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्ने कम्पनिले जानकारी दिएको छ । अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलाभेला कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्र गर्न सकिन्छ । यसैगरी, सार्वजनिक स्थान कार्यालय, सवारी साधन, अस्पताल, शैक्षिक संस्था इत्यादि लाई किटाणुहरुबाट सुरक्षित राख्न यो निकै उपयोगी रहने कम्पनिले सुभारम्म कार्यक्रममा जानकारी दिएको छ ।

उक्त सन् अल्कोहलमुक्त भोलभेलले यस कीटाणुबाट चौबिसै घण्टा सुरक्षा प्रदान गर्ने श्री राजदेवि इन्टरनेशनलका प्रबन्ध निर्देशक पवन कुमार गर्गले नेपाली उपभोक्ताहरुको स्वास्थालाई कोरोना महामारीबाट प्रभावकारी रुपमा सुरक्षित राख्ने उदेश्यले उक्त उत्पादन नेपालमा भित्र्याएको बताए ।


प्रतिक्रिया दिनुहोस्