कफी खेती बीमालेख जारी (पूर्णपाठसहित) « Arthapath.com
२९ कार्तिक २०७८, सोमबार

कफी खेती बीमालेख जारी (पूर्णपाठसहित)



काठमाडौं । बीमा समितिले कफी खेती बीमालेख जारी गरेको छ । बीम समितिले आजदेखि लागू हुनेगरी यो बीमालेख जारी गरेको हो । कफी खती बीमालेख जारी भएपछि कृषकहरुले आगोबाट क्षति पुगेमा, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसम जन्य क्षति, चट्याङ्जन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणले हुने क्षति, रोग तथा किराजन्य क्षतिको क्षतिपुर्ती पाउने छन् ।

कफी कृषक अर्थात बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमा कम्पनीले बीमाङ्कको अतिरिक्त दुर्घटना बीमाबापत २ लाख रुपैयाँको दाबी तिर्नु पर्नेछ । तर कफी खेतीबाट भएको क्षतिको कारणबाट हुने अन्य अप्रत्यक्ष क्षतिको भने दाबी नपाइने बीमा समितिले जनाएको छ । बीमा समितिले जारी गरेको कफी खेती बीमालेखमा अधिकारप्राप्त निकायको आदेशबाट कफी खेती नष्ट गरिएमा पनि बीमा बापतको क्षतिपुर्ती पाइनेछैन् ।

त्यस्तै, बिकिरणयुक्त पदार्थ वा विकिरणयुक्त फोहोरको संसर्गबाट क्षति भएमा पनि दाबी नपाइने, आणविक, रासायतिक तथा जैविक आम विनासकारी हतियारको प्रयोगबाट क्षति भएमा दाबी नपाइने, युद्ध वा युद्ध सरहको अवस्थामा पनि दाबी नपाइने र बीमा गरिएको बस्तु हराएमा वा चोरी भएमा, बीमितिले जानाजान लापरबाही गरी कफी खेतिमा क्षति पुर्याएमा पनि दाबी नपाइने नयाँ निर्देशिकामा उल्लेख गरिएको छ ।

कफिको बीमाको लागि योग्य छ भनेर गुणस्तर परिक्षण गरेको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने छ । साथै बीमालेखमा बीमक कम्पनीको ६ वटा कर्तव्य समेत तोकिएको छ । कफि खेती समुन्द्र सतहबाट ६०० मिटरदेखि २००० मिटिरसम्मको जमिनमा मात्रै गर्न पाइनेछ ।


प्रतिक्रिया दिनुहोस्