बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढि कर तिर्ने नविल बैंक दोस्रो पटक सम्मानीत

काठमाडौ । बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढि कर तिर्नेमा नविल लगातार दोस्रो पटक सम्मानीत भएको छ । आज राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तिय संस्था तर्फ सबैभन्दा बढी आयकर तिरेकोमा नविल बैंकलाई सम्मान गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बैंकका सिईओ अनिल केशरी शाहलाई उक्त सम्मान पत्र प्रदान गरेका छन् । आर्थिक वर्ष ०७५/०७६ समेत नविल बैंकले सबैभन्द्या बढि कर तिरेर सम्मानपत्र पाएको थियो ।
