लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर धनुषा जिल्ला अदालतमा

लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो ८ औं एक्स्टेन्सन काउण्टर जनकपुुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।
यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।