२९९ जनामा कोरोना संक्रमण, ६ जनाको ज्यान गयो
काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ६३ जनामा गरिएको पीसीआर परिक्षणमा २ सय ७२ र ३ हजार २ सयल ८८ जनाको एन्टिजेन परिक्षणमा २७ गरि जम्मा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ६ जनाको मुत्यु भएको छ भने २ सय ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ६ सय ४२ जना संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थपिएकासंगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार १ सय ७६ र ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ८९ पुगेको छ ।
संक्रिय संक्रमितमध्ये सवैभन्दा धेरै काठमाडौंमा ९०, ललितपुरमा २५, झापामा २१, मोरङमा १५, रुपन्देहीमा १३, चितवनमा १२ र कास्कीमा १० जना रहेका छन् ।














