नागरिक लगानी कोषद्वारा कोरोनाबाट मृत्यु हुने बचतकर्ताको परिवारलाई डेढ करोड भुक्तानी
काठमाडौं । नागरिक लगानी कोषले कोभीडका कारण मृत्यु हुने बचतकर्ताको परिवारलाई १ करोड ६८ लाख भुक्तानी गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई उक्त रकम भुक्तानी गरेको हो ।
कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।
सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।
उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएको थियो । कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरेका छन् । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफुलाई राहत पुगेको बताए ।













