३३२ जनामा कोरोना संक्रमण, ४ जनाको मुत्युु
काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथगा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय ७४ जनामा गरिएको परिक्षणमा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८ लाख १९ हजार ६ सय ९९ पुगेको छ ।
गत २४ घण्टामा २ सय ७३ जना निको भएका छन । भने ९ जनाको मुत्यु भएको छ । हाल देशभर ७ हजार ३ सय जना संक्रिय संक्रमित रहेका छन ।
कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९ र कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८ सय ९० पुगेको छ ।














