सोवा हेल्थ केयर सेन्टरको बिहीबारबाट सेवा सञ्चालनमा आउने « Arthapath.com
२२ असार २०८२, आईतबार

सोवा हेल्थ केयर सेन्टरको बिहीबारबाट सेवा सञ्चालनमा आउने



काठमाडौं । सोवा हेल्थ केयर सेन्टर ललितपुरले यही नोभेम्वर २५ अर्थात् मंसिर ९ गते विहीबार सेवा सञ्चालनमा ल्याउने भएको छ।

ललितपुरको एकान्तकुनास्थित स्विस् एम्बेसी नजिकै सोवा हेल्थ केयर सेन्टर सञ्चालनमा आउन लागेको हो। सोवाले प्याथलोजी ल्याव,अल्ट्रासाउन्ड, इको, एक्सरे, टिएमटी, पिएफटी, हल्टर, एवीपी लगायतका सेवाप्रदान गर्ने जनाएको छ।

विशेष सेवा अन्तर्गत कस्टमेटिक, इन्डोस्कोपी र भ्याक्सिनेसन लगायतका सेवा पनि सोवाले प्रदान गर्नेछ। वरिष्ठ विशेषज्ञ चिकित्सकहरू र अनुभवी व्यवस्थापकहरूबाट सञ्चालित हेल्थ केयर सेन्टरबाट सेवाग्राहीले छिटो र छरिटो सेवाप्राप्त गर्ने छन्। हेल्थ केयर सेन्टर बिहान ७ देखि बेलुकी ७ बजेसम्म खुला रहने छ। सेवा सञ्चालनमा ल्याएको अवसर पारेर सोवाले सेवाग्राहीलाई नोभेम्वर २५ देखि डिसेम्वर २५ सम्म एक महिना हरेक सेवामा २५ प्रतिशत रकम छुट दिने जनाएको छ।

सोवाले जनरल हेल्थ केयर प्याकेज, वुमेन हेल्थ केयर प्याकेज, कार्डियाक हेल्थ केयर प्याकेज, डाइविटिज केयर प्याकेज र थाइराइड प्याकेज सहितका सेवा पनि प्रदान गर्ने भएको छ। यी सेवाहरूका साथै घरमै गएर होम केयर सेवा तथा नमुना संकलन सेवा समेत उपलब्ध गराइने सोवाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्