विविध कार्यक्रमको आयोजना गरी सिभिल बैंकले मनायो ११ औं वार्षिकोत्सव « Arthapath.com
१० मंसिर २०७८, शुक्रबार

विविध कार्यक्रमको आयोजना गरी सिभिल बैंकले मनायो ११ औं वार्षिकोत्सव



काठमाडौं । सिभिल बैंकले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो ११ औं वार्षिकोत्सव मनाएको छ । सिभिल बैंकले संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डको प्रमुख अतिथ्य, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथ ११ औं वार्षिकोत्सवको मनाएको हो ।

बैंकले प्रधान कार्यालय लगायत देशैभरिका शाखाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग “एक घण्टी झ््याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

बैंकले देशभर छरिएका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले प्रदेश नं. १ को बिराटनगर, पुष्पलालचोक, दुहबी, ईटहरी, बिराटचोक, बिर्तामोड, अर्जुनधारा, फिदिम, धरान, प्रदेश नं. २ को विरगंज, जनकपुर, बागमती प्रदेशको मुख्य शाखा, न्युरोड, बाङ्गेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्य बानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भिमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपूर, गोंगबु, किर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौडा, सिन्धुली, गण्डकी प्रदेशको शिवचोक, पोखरा, कावासोती, लेखनाथ, दमौली, लुम्बीनी प्रदेशको भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगंज, लमही र सुदूरपश्चिम प्रदेशको धनगर्ढी, लम्कीचुहा, महेन्द्रनगर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

त्यस्तै, बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना हुन गईरहेको छ । जसमा बैंकले सरकारी विद्यालयमा कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत गरीव तथा जेहन्दार छात्रालाई छात्रवृति स्वरुप रु ५ हजार प्रदान गरेको छ ।

त्यस्तै, बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरुका लागि झन्झटरहित तथा समर्पित बैंकिंग सेवाको लागी प्रायोरीटि बैंकिग सेवाको थालनी गरेको छ सो सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डले गरेका छन् ।

त्यस्तै, बैकका ग्राहकहरुको समस्या तथा गुनासोको हल गर्न चौविसै घण्टा संचालन हुने कल सेन्टर सेवाकोे उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् । त्यस्तै, केवल एक मिस कलबाट नै विजुलीको महशुल भुक्तानी हुने सेवाको उद्घाटन बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

सिभिल बैंकले ईन्टरनेशनल भर्चुयल डलर कार्ड सेवाको शुभारम्भ गरेको छ । १०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुयल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवा तथा वस्तुहरु अनलाईन मार्फत खरिद गर्न सकिने छ ।

त्यस्तै, सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को शुभारम्भ गरेको छ । निक्षेपकर्ताहरुको जिज्ञासाको तुरुन्तै समाधान गर्न तथा विविध बैंकिंग सेवाको विना झन्झट बचत Artificial Intelligence को माध्यमबाट सम्पादन गर्ने च्याटबट सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को उद्घाटन गरिएको छ ।

त्यसैगरी बैंकमा ५ वर्ष÷१० वर्षदेखि अतुत सेवा प्रदान गरेका बैंक कर्मचारीहरुलाई पनि बैंकले अभिनन्दन गरेको छ । सिभिल बैंकले एघारौं वर्ष पार गर्दा सम्म करिव रु. ९२ अर्व निक्षेप संकलन गरि करिव रु. ८८ अर्व ऋण लगानी गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रु. २९.१८ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा संचालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्