१६.६३ प्रतिशत लाभांश पारित गर्न प्राइम बैंकको साधारण सभा आह्वान, बुक क्लोज कहिले ? « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

१६.६३ प्रतिशत लाभांश पारित गर्न प्राइम बैंकको साधारण सभा आह्वान, बुक क्लोज कहिले ?



काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले पुस ६ गते सोमबार बैंकको केन्दीय कार्यालय काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको हो । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

बैंकको सभाले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश गरी कूल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर २२ गते एक दिनको लागि बुकक्लोज गर्ने निणैय गरेको छ । त्यसैले मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्