३ महिनामा बैंक-वित्तीय संस्थाका शाखा ३५६ वटा बढे, प्रतिबैंक शाखा जनसंख्या भने घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको ३ महिनामा बैंकका शाखाहरुमा उल्लेख्य रुपमा बृद्धि भएको छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारमा पहुँच बढेको हो । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाहरुले ३५६ वटा शाखा विस्तार गरेका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षाको प्रतिशवेदनमा २०७८ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ६८३ वटा रहेकोमा २०७८ असोज मसान्तसम्ममा बढेर ११ हजार ३९ वटा पुगेका छन् ।
तर समीक्षा अवधिमा प्रतिबैंक शाखा जनसंख्या भने घटेको छ । उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या २ हजार ८४४ बाट घटेर २ हजार ७५२ कायम भएको छ ।
