ग्लोबल आइएमई लघुवित्तको लाभांश र साधारण सभा सुरक्षित गर्ने अन्तिम दिन आज « Arthapath.com
२ श्रावण २०८३, शनिबार

ग्लोबल आइएमई लघुवित्तको लाभांश र साधारण सभा सुरक्षित गर्ने अन्तिम दिन आज



global ime laghubitta

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर १४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता र लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस शेयर पारित गर्न मंसिर २८ गते साधारणसभा बोलाएको छ । लघुवित्तको नवौं साधारण सभा होटल पोखरामा बिहान १० बजे बोलाएको छ ।

लघुवित्तको उक्त सभाले हाल कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयर पश्चात लघुवित्तको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।

त्यस्तै, पछिल्लो समय मर्जरमा अग्रसर लघुवित्त संस्थाहरुझै ग्लोवल आइएमई लघुवित्तले पनि मर्जरलाई प्रथामिकता दिएको छ । उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूह अन्तर्गत ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको बारेमा विशेष प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्