मंगलबार सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ ओरालो लागेको छ । आज सुन १ सय र चाँदी १५ रुपैयालो ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय र तेजावि सुन प्रतितोला ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय छ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
