स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा, २५ प्रतिशत लाभांश पारित गर्ने « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

स्वावलम्बन लघुवित्तले बोलायो साधारण सभा, २५ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघवित्तको मंसिर १३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा पौष १५ गते बोलाएको हो । लघुवित्तको वार्षिक साधारण सभा एलिस रिसेप्सन, गैरिधारा, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

लघुवित्तको सभामा गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्