ट्विटरका नयाँ सीईओमा पराग अग्रवाल नियुक्त « Arthapath.com
१४ मंसिर २०७८, मंगलवार

ट्विटरका नयाँ सीईओमा पराग अग्रवाल नियुक्त



काठमाडौं । ट्विटरको नयाँ प्रमुख कार्यकारी अधिुकत (सीईओ) मा पराग अग्रवाल नियुक्त भएका छन । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट ट्विटरको सिईओ रहेका कम्पनिका सहसंस्थापक ज्याक डोर्सीले राजीनामा दिएपछि उनलाई नियुक्त गरेको हो ।

निवर्तमान सिईओ डोर्सीले सामाजीक संजाल ट्विटरमा एक ट्वीट गदै ब्रेट टेलर कम्पनीको अध्यक्ष बन्नका लागि आफूले ट्विटरको सीईओबाट राजीनामा दिएको र नयाँ सिईओमा पराग अग्रवाल नियुक्त भएका जानकारी दिएका छन ।

नयाँ सिईओमा नियुक्त भएका ३७ वर्षका सिईओ पराग भारतका हुन । उनी सन् २० ११ मा सफ्टवेयर इञ्जिनयरका रूपमा ट्विटरमा नियुक्त भएका थिए ।

लगभग १६ वर्षसम्म कम्पनीको सह संस्थापक, सीईओ, अध्यक्ष, कार्यकारी अध्यक्ष, कार्यकारी सीईओलगायतका भूमिका निर्वाह गरिसकेपछि अब छोड्ने समय आएको पनि डोर्सीले ट्वीटमा लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्