११.५ प्रतिशत लाभांश पारित गर्न लक्ष्मी बैंकको साधारण सभा पौष ८ गते, बुकक्लोज कहिले ? « Arthapath.com
१५ मंसिर २०७८, बुधबार

११.५ प्रतिशत लाभांश पारित गर्न लक्ष्मी बैंकको साधारण सभा पौष ८ गते, बुकक्लोज कहिले ?



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले २१ औँ वार्षिक साधारण सभा पौष ८ गते बोलाएको हो । बैंकको वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेदेखि सुरू हुनेछ ।

बैंकको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ३.५ प्रतिशत नगद गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्