सामाजिक काम गर्न मुक्तिनाथ विकास बैङ्कको अगुवाइमा खुल्यो मुक्तिनाथ फाउन्डेसन « Arthapath.com
७ असार २०८३, आइतबार

सामाजिक काम गर्न मुक्तिनाथ विकास बैङ्कको अगुवाइमा खुल्यो मुक्तिनाथ फाउन्डेसन



काठमाडौँ । विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्यले मुक्तिनाथ फाउन्डेसन नामक संस्थाको स्थापना भएको छ । सामाजिक तथा आर्थिक रूपले पछाडि परेका व्यक्ती तथा समुदायलाई सहयोग तथा सहजीकरण गरी उनीहरूको जीवनस्तर उकास्ने मुख्य उद्देश्यका साथ फाउन्डेसनको स्थापना भएको संस्थाको मङ्गलवार एक औपचारिक कार्यक्रममा बिच शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भरतराज ढकालले मानिस सामाजिक प्राणी भएकाले समाजको लागि केही गर्नुपर्ने बताए । ‘हामी मानिस भएर जन्मिएपछि केही गइनुपर्छ भनेर समाजमा विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्यका साथ मुक्तिनाथ फाउन्डेसनको स्थापना गरिएको हो’ उनले भने । उनले धेरै सामाजिक संस्थाको स्थापना हुने तर चल्न नसकेको स्मरण गदै सामाजिक संस्था स्थापना गर्न सजिलो तर सञ्चालन गर्न अफठ्यारो हुने गरेको बताए । अध्यक्ष ढकालले सामाजिक संस्थाको नाम आउने गरी काम गर्न सबैलाई आग्रह गरेका छन् ।

सामाजीक काम गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था तथा व्यक्तिहरू सधैँ अमर रहने मुक्तिनाथ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए । ‘कुनै स्वार्थ भन्दा सामाजिक कार्य गर्नका लागि आफूलाई फाइदा पुग्ने उद्देश्य भन्दा सामाजिक सेवा गर्ने उद्देश्यले मुक्तिनाथ फाउन्डेसन स्थापना भएको हो’  उनले  भने । पवित्र उद्देश्य बोकेर स्थापना भएको कम्पनीमा आबद्ध हुन पाउँदा गर्व लागेको उनले सुनाए ।

फाउन्डेसन कम्पनी ऐन २०६३ अनुसार मुनाफा वितरण नगर्ने संस्थाको रूपमा मुक्तिनाथ विकास बैङ्क, मुक्तिनाथ कुषि कम्पनी र उक्त समुह सँग आबद्ध भएको व्यक्तिहरूले यही असोज १ गते कम्पनी रजिस्ट्रारको कार्यलयमा दर्ता गरी सामाजिक सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको हो । फाउन्डेसनले छिट्टै प्रदेश तथा जिल्ला तहमा पनि संस्था विस्तार गरेर अघि बढ्ने उदेश्य लिएको छ ।

फाण्डेशननले समाज सेवालाई आधारभुत अवधारणको रूपमा लिने छ । फाउन्डेसनले सामाजिक उत्थानको लगी बहुपक्षीय कार्यक्रमहरू सञ्चालन गर्ने तथा समाजका विपन्न वर्ग तथा बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउन आर्थिक टेवाको कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्थाका सल्लाहकार भरत आर्चायले बताए ।


प्रतिक्रिया दिनुहोस्