लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन « Arthapath.com
२३ मंसिर २०७८, बिहीबार

लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन



काठमाडौं । लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । दुवै कम्पनीले शुक्रबार साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् ।

बुकक्लोज अनुसार मंसिर २३ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । लक्ष्मी बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यसैगरी समता घरेलु लघुवित्तले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लक्ष्मी बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ८ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा साधारण सभा बोलाएको छ । समताले पुस ७ गते बिहान ११ः३० बजे मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा साधारण सभा बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्