शेयर बजार सामान्य अंकले घट्यो

काठमाडौं । साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले घटेको छ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ अंकमा बन्द भएको छ ।
विहीबार दिनभरिमा २३१ कम्पनीको ४१ हजार कित्ता शेयर ६२ लाख २३ हजार पटक किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज दिनभरिमा बजारमा विभिन्न ३ समूह होटल तथा पर्यटन समूह ०.६४ प्रतिशत, अन्य समूह ०.२२ प्रतिशत र म्युचुअल फण्डको ०.०६ प्रतिशतले बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ ।
