चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश पारित गर्न पौष २३ गते शुक्रबार २५ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको लाभांश तथा साधारण सभा प्रयोजनार्थ पौष १५ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको लाभांश तथा साधारण सभामा सहभागीता जनाउन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ६ अर्ब २८ करोड ७ लाख ३९ हजार २३२ रुपैयाँ ७७ पैसा रहेको छ । ७.५ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँ २२ पैसा पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्