राष्ट्रिय बीमा कम्पनीमा सीईओका लागि ११ जनाको आवेदन « Arthapath.com
२७ मंसिर २०७८, सोमबार

राष्ट्रिय बीमा कम्पनीमा सीईओका लागि ११ जनाको आवेदन



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ११ जनाले आवेदन दिएका छन् । कम्पनीको सीईओ पदमा एक महिला सहित ११ जनाले आवेदन दिएका हुन् ।

कम्पनीले प्रमुख कार्यकारी पदका लागि आवेदन आह्वान गर्दे मंसिर १२ गते सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि १५ दिनभित्र आवेदन दिन भन्दै कम्पनीले मंसिर १२ गते विज्ञापन खुलाएको थियो ।

कम्पनीको सीईओ पदका लागि आवेदन दिने समय हिजो मंसिर २६ गते सकिएको छ । उक्त पदका लागि विभिन्न ११ जनाले आवेदन दिएको कम्पनीले जनाएको छ ।

बीमा कम्पनिका अनुसार एक मात्रै महिला बरिस्मा साउद आचार्यले आवेदन दिएकी छिन् । त्यस्तै, सुरेन्द्र थापा, बुद्ध बाजि श्रेष्ठ, सुकल्याण पराजुली, तोयराज अधिकारी, शेरजँग कार्की, राम बहादुर खड्का, कृष्ण बहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी र शेखर बरालले सीईओ पदका लागि आवेदन दिएका छन् ।

आवेदन दिएका आवेदकहरु मध्येबाट कम्पनीले एक जनालाई सीईओ नियुक्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्