थप ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मुत्यु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

थप ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मुत्यु



काठमाडौं । सोमबार थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ३६ जनामा गरिएको परिक्षणमा थप ३ सय ४१ जनमा कोरोना संक्तमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ८ लाख २४ हजार ५ सय ३५ जना पुगेको छ ।

गत २४ घण्टामा ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन भने ३ सय ७६ जना कोरोना संक्तमणमुक्त भएका छन । हाल देशभर ५ हजर ८ सय २४ जना संक्रिय संक्रमित रहेका छन ।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ७ हजार १ सय ५४ जना पुगेको छ भने ११ हजार ५ सय ५७ जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्