मेरोमाइक्रोफाइनान्स लघुबित्त पुनःनिर्वाचित अध्यक्ष मानन्धरले लिए सपथ « Arthapath.com
२८ मंसिर २०७८, मंगलवार

मेरोमाइक्रोफाइनान्स लघुबित्त पुनःनिर्वाचित अध्यक्ष मानन्धरले लिए सपथ



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको पुनः निर्वाचित अध्यक्ष सन्जिब मानन्धरले शपथ ग्रहण गरेका छन् । नवौं वार्षिक साधारण सभाबाट पुनःनिर्वाचित अध्यक्ष सन्जिब मानन्धरले मंगलबार शपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकाल समक्ष अध्यक्ष मानन्धरले शपथ लिएका हुन् । गत शुक्रबार सम्पन्न भएको साधारण सभाबाट संचालक पदमा निर्वाचित भइ संचालक समितिको बैठकले अध्यक्ष पदमा मनोनित गरेको थियो ।

त्यस्तै, आगामी चार वर्षका लागि अध्यक्ष सहित ४ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको थियो । छलफल तथा अनुमोदनका लागि पेस भएका सम्पूर्ण प्रस्ताव सभाले पारित गरेको थियो । सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर पनि पारित गरेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्