ब्याजदर नबढाउने वाणिज्य बैंकहरुको सहमतिपछि विकास बैंक र फाइनान्स कम्पनी पनि ब्याक ! « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

ब्याजदर नबढाउने वाणिज्य बैंकहरुको सहमतिपछि विकास बैंक र फाइनान्स कम्पनी पनि ब्याक !



काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुले ब्याजदर बढाउँदा पनि निक्षेप संकलन घट्दै गएपछि पौष महिनामा ब्याजदर नबढाउने भएका छन् । बजारमा तरलता अभाव बढ्दै गएपछि बैंक तथा वित्त कम्पनीहरुले ब्याजदर बढाएर निक्षेप तान्न खोजेका थिए । तर ब्याजदर बढाउँदा पनि निक्षेप संकलनमा खासै बृद्धि नभएपछि पौषमा ब्याजदर यथावत राख्ने भएका हुन् ।

मंसिर महिनाको ब्याजदर नै पौष महिनामा लागू हुने गरि विकास बैंकर्स संघ र वित्त कम्पनी संघको बैठकले पौष महिनामा निक्षेपको ब्याजदर नबढाउने सहमति भएको एक फाइनान्सका सीईओले जानकारी दिए ।

ब्याजदर बढाउँदा पनि निक्षेप संकलनमा बृद्धि नभएपछि फाइनान्स कम्पनीहरुको ब्याजदर पौष महिनामा नबढाउने सहमति भएको रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठले बताए ।

यसअघि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले पनि पौष महिनामा निक्षेपको व्याज नबढाउने सहमति गरेका छन् । मङ्सिरमै कायम रहेको ब्याजदर पौष मपहनामा कायम गर्ने सहमति गरेका थिए ।

यद्यपि रेमिट्यान्सबाट आएको रकमलाई १ प्रतिशत थप ब्याज दिने बैंकहरुको निर्णयलाई विकास बैंक र फाइनान्स कम्पनीले आशंकाको रुपमा लिएका छन् । वाणिज्य बैंकहरुले विदेशबाट आएको रेमिट्यान्समा ११.०५ प्रतिशत ब्याज दिदै आएका छन् ।

मंसिर महिनामा वाणिज्य बैंकहरुले १०.०५ प्रतिशत, विकास बैंकहरुले १०.२५ प्रतिशत र फाइनान्स कम्पनीहरुले १०.३५ प्रतिशत ब्याज दिईरहेका छन् । सोही ब्याजदर पौष महिनामा कायम हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्