बैंक अफ काठमाण्डूको साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारीत

काठमाडौं । बैंकअफ काठमाण्डूको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
साधारण सभाले २०७७/७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ ।
साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको हो ।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।