मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा



काठमाडौं । मिदास टेक्नोलोजीले वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ ।मिदासको सेवा अनलाईनमा उपलब्ध भएसंगै बीरामीहरुलाई सहज हुने कमपनिले जनाएको छ । यो सेवा पूर्वाञ्ञल स्वास्थ्य छेत्र अन्र्तगतमा पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेर मार्फत शुरू भएको हो ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने कम्पनिले जनाएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, बिर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।


प्रतिक्रिया दिनुहोस्